अशक्तलाई रजक सेवा समाजको सहयोग



जनकपुरधाम : नेपाल रजक सेवा समाज कतारले सप्तरीका दृष्टिविहिन र शारीरिक रुपमा अशक्त रहेका बालवालिकाहरुलाई लाठ्ठी र लताकपडा वितरण गरेको छ ।

राजविराजस्थित पब्लिक विन्देश्वर माध्यामिक विद्यालयमा एक कार्यक्रम आयोजना गरि १४ जना अशक्त बालबालिकालाई उक्त सामाग्रि वितरण गरिएको रजक सेवा समाजले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका प्रदेश २ का युवाहरुले आफ्नो कमाईको केही हिस्सा छुट्याएर अशक्त वालवालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले रजक सेवा समाज मार्फत आर्थिक संकलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्