साँखु प्रहरीको अनुकरणीय र उदाहरणीय काम



काठमाडौं : महानगरीय प्रहरी प्रभाग साँखुले एक महिनामा गरेको प्रगती विवरण सार्वजनिक गरेको छ । प्रभागमा प्रहरी निरीक्षक गोविन्द पन्थी हाजिर भएको एक महिनाको अवधिमा भए गरेका कामको आज (आइतबार) सार्वजनिक गरिएको हो ।

यो एक महिनाको अवधिमा साँखु प्रहरी शान्ति सुरक्षा कायम गर्न देखाएको ततपरता, लागूऔषध, महिला हिंसालगायतका अपराधिक काममा पाएको सफलताले चर्चामा पुर्याएको छ । कतिपय कार्यक्रमहरु उदाहरणीय र अनुकरणीय रहेको पाइन्छ । साँखु प्रहरीले आज २७ बुँदे प्रगती विवरण सार्वजनिक गरेको छ ।

यस्तो छ कार्य प्रगती विवरण
१ का.जि. शंखरापुर न.पा. वडा नं. ३ स्थित जहरसिङपौवा कात्तिके लगायत बिभिन्न स्थानमा गरी १७०० रोपनीमा करिव १ लाख प्राकृतिक रुपमा उम्रेका र रोपिएका गाजाका बोटहरु जनप्रतिनिधि, स्थानिय समेतको सहयोगमा नष्ट गरिएको ।

२ का.जि. कागेश्वरी मनोहरा स्थित स्कुलमा अध्यनरत छात्रा स्कुल जान्छु भनि घरबाट निस्कीएकोले स्कुलमा नगएकोमा अभिभावकले सम्भाबित स्थानहरुमा खोजतलास गर्दा समेत फेला नपरेकीले खोजतलास गरी पाउँ भनी यस कार्यालयमा अभिभावक, प्रध्यानाध्यापकले मिति २०७६।०५।३१ गते हुलिया निवेदन दिइएकोमा तत्काल यस कार्यालयबाट तदारुक्ताका साथ तत्कालै प्रबिधिको उच्चतम प्रयोग गरी २ घण्टामै हराएकी वालिकालाई सिन्धुपाल्चोक मेलम्चीबाट वालिकाको उद्धार गरी अभिभावकलाई जिम्मा लगाइ थप घटना हुन बाट रोक्न सफल भएको ।

३ नया बसपार्कमा रहेको नमस्ते नेपाल गेस्ट हाउस मा मिति २०७६र०५र०७ गते नगद ४८०००, आइफोन १ चोरी गर्ने कार्यमा सङ्लग्न शंखरापुर नगरपालिका २ पटाप बस्ने धन बहादुर लामालाई चोरी कार्यमा सङ्लग्नको आसंकामा अअतख फुटेज र हुलियाका आधारमा मिति २०७६।०५।३१ निजलाइ पक्राउ गरी अनुसन्धान गर्दा निजले धेरै ठाऊमा चोरी गरेको हुन सक्ने देखिएकोमा थप अनुसन्धान एबंम कारबाहीको लागि महानगरिय प्रहरी बृत्त महाराजगन्ज पठाइएको ।

४ चोरीको योजना बनाई राखेका छन भन्ने सुचनाको आधारमा का.जि. शंखरापुर न.पा. वडा नं. ७ बाट सिन्धुपाल्चोक मेलम्ची न.पा. ५ घर हुने सुनिल लामा, दावा लामा, करसाङ लामा, मिङमार दोर्जे लामा समेत ४ जनालाई रातको २स्३० बजे खुकुरी थान १, चोरी कार्य सम्पन्न पस्चात प्रयोग गर्ने प्रयोजनको लागी राखिएको ना २७ प १०११ नं को मो.सा. को नं. प्लेट सहित फेला पारी आवश्यक कारवाहीको लागी पठाइएकोमा उक्त कार्यमा संलग्न गिरोहनै पत्ता लागाउन सफल भएको ।

५ जिल्ला काठमाण्डौ शंखरापुर न.पा. वडा नं. ७ चिहानपाटीमा सिन्धुपाल्चोक बाट साँखु आउदै गरेको बा ५ ख ३६६३ नं. को आईचर गाडिले काठको गोलिया लिई आउदै गरेकोमा २४स्१५ बजेको समयमा उक्त अवैध काठ बरामद गरी गोलिया काठ साना ठुला गरी थान ८५ रहेकोले उक्त गाडी सहित काठ र चालक जिल्ला सिन्धुपाल्चोक मेलम्ची न.पा वडा नं. २ वस्ने बर्ष ३० सुजन तामाङलाई डिभिजन वन कार्यालय काठमाण्डौ आवश्यक कारवाहिको लागी पठाइएको ।

६ संगम बोडिङ स्कुलको बा ३ ख ९६६३ नं को बस कात्तिकेबाट साँखु स्कुल तर्फ आउने क्रममा का.जि. शंखरापुर न.पा. ५ कात्तिके विरुवा डाडा स्थित सडक खण्डमा अनियन्त्रित भई दुर्घटना भएकोमा बसमा सवार रहेका ३१ बिद्यार्थी मध्ये केही घाईते भएकोमा तत्काल उद्धार गरी उक्त गाडी सहचालक राम बहादुर तामाङले चलाएको पाईएकोले आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको ।

७ का.जि. का.म.न.पा. वडा नं. ६ रामहिटी बस्ने बर्ष १४ की नाम परिवर्तन पवित्रा श्रेष्ठलाई का.जि. शंखरापुर न.पा. वडा नं. ७ चलाखुटोल बस्ने धिरज श्रेष्ठले जबरजस्ती करणी गरेको अपराध कसुरमा थप अनुसन्धान एवंम कारवाहीको लागी महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको ।

८ का.जि.कागेश्वरी मनोहरा न.पा. वडा नं. १ गागलफेदी बस्ने बर्ष २९ को संजय श्रेष्ठले सिन्धुपाल्चोक सिरुवारी ८ घर भै हाल ऐ. ऐ. बस्ने बर्ष २१ की पार्वती लामालाई बिभिन्न प्रलोभनमा पारी यौनजन्य कार्यमा सलग्न हुन बाध्य पारेको अनुसन्धानबाट देखिन आएकोले पिडक सन्जय श्रेष्ठलाई जबरजस्ती करणी मुद्धामा थप अनुसन्धान एंवम कारवाहीको लागी मनाहगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको ।

९ साँखु प्रभाग बाट खटिएका प्रहरी कर्मचारीले साँखु नगरपालिका ६ स्थित सडकमा चेकिङ्ग गर्दै गरेको अवस्थामा बा ४ ख ७२३६ नं को साँखु रत्नपार्क चल्ने बसको चालक सुकुराम तामाङ्गले मादक पदार्थ सेवन गरि अनियंत्रित रुपमा बस चलाएर आएको अवस्थामा रोकि चेक जाँच गर्दा आफुलाइ छाडिदिन भनी रु ५०० दिएको मा सार्बजनिक यातायात चलाउदा मादक पदार्थ सेवन गरि चलाएको र डिउटी मा खटिएका कर्मचारी लाई प्रलोभनमा पारी कर्तव्य बाट बिमुख पार्न खोज्ने सुकराम तामाङ्ग लाई तत्काल पक्राउ गरी आवश्यक कानुनी कारवाही को लागि महानगरिय प्रहरी बृत बौद्ध पठाइएको ।

१० जिल्ला रामेछाप उमाकुण्ड गा.पा. ७ स्थायी वतन भएको चक्र बहादुर बराईलीले गोकर्णेश्वर मुलपानीबाट ब्रम्हखेल आउदा वसमा व्याग छुटेको भनि यस कार्यालयमा उजुरी गरेकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त व्याग पालुवारी वसपार्कमा वसमा फेलापारी उक्त व्याग भएको सुनको सिक्री, मंगल सुत्र र झुम्का सहित २ तोला बराबरको सुनको गहना भएको व्याग फेलापारी पिडित चक्र बहादुर बराईलीलाई बुझाएको ।

११ लागु औषधको कारोवार गर्छन भन्ने सुचनाको आधारमा यस कार्यालयबाट उक्त व्याक्तिको फलो गरी जिल्ला सिन्धुपाल्चोक मेलम्ची १ घर भै हाल भगवती स्थान जोरपाटी बस्ने बिष्णु खतिवडा र ओम सुर्य वर्कसप जोरपाटीका मालिक सुमन उप्रेतीलाई लागु औषध पोल्याण्ड २०० ग्राम सहित फेला पारी थप अनुसन्धान तथा कारवाहीको लागी महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको ।

१२ जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. वडा नं. १ स्थित गागलफेदीमा ६ जना व्याक्तीहरुले लागु औषध ( गाजा) सेवन गरी सार्बजनिक स्थानमा हो(हल्ला गरी गुण्डा गर्दी गरेकोमा निजहरुलाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको ।

१३ जिल्ला काठमाण्डौ शंखरापुर न.पा. वडा नं. ९ स्थित सुकेखोलाबाट बा ५ ख १२८७ नं. को निसान गाडीमा अवैध वालुवा ओसार पसार गर्दै गरेको अवस्थामा यस कार्यालयबाट विहानको (१:००) बजेको समयमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई कार्यालयमा ल्याउन खोज्दा प्रहरी माथी मा.प.से. गरी अभद्र व्यवहार गरेकोले पुष्कर के.सी. पुकार के.सी. अनिल थापा लगायत ३ जनालाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको ।

१४ जि.काठमाण्डौं शंखरापुर न.पा. बिभिन्न खोलाबाट निकालेको अबैध चोरीको बालुवा ओसार पोसार गर्दै गरेका बा ५ ख ३६३७, बा ५ ख ११००, बा ४ ख ७४३३, बा ४ ख ७४३३, बा ३ ख ९२३२, बा ३ ख २९५८ लगायत १२ वटा गाडी फेला पारी कारवाहीको लागी शंखरापुर न.पा. को कार्यालयमा पठाइएकोमा १,४४,०००।( राजश्व संकलन भएको ।

१५ मिति २०७६ साल भाद्र महिना भरी अवैध रुपमा खोलामा वालुवा निकाल्ने ५५ जना व्याक्तीहरुलाई नियन्त्रण लिई आवश्यक कारवाही गरिएको ।

१६ का.जि. कागेश्वरी मनोहरा १ गागलफेदीमा मदिरा ७०० लि. र मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ ३०० लि. फेला पारी अब उप्रान्ता त्यस्तो गैरकानुनी निषेधित कार्य नगर्ने सर्त मा पहिलो पटक लाई स्थानीयको रोहबरमा नस्ट गरिएको ।

१७ कागेश्वरी मेलामा एक लाख भक्तजनहरुले दर्शन गरेकोमा कुनै पनि अप्रिय घटना घटन नदिई शान्तीपुर्बक समपन्न गराउन सफल भएको ।

१८ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस महानगरीय प्रहरी प्रभाग साँखुमा स्थानिय जन प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि तथा बुद्धिजिविहरु संग अपराध रोकथाम तथा न्युनिकरण सम्वन्धी अन्तरकृया तथा छलफल कार्यक्रम गरिएको ।

१९ प्रहरी चौकी नाङलेभारेको कार्यालयमा अपराध नियन्त्रण सम्बन्धी स्थानिय भद्र(भलादमी र होटेल व्यावसायीहरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रमका गरिएको ।

२० समुदाय( प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र साँखुका पदाधिकारीहरूसंग शान्ति सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको ।

२१ मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको १३ औं राष्ट्रिय दिबसको अवसरमा साँखु बजारमा जनचेतनामुलर्क यली कार्यक्रम सम्पन्न गरिएको ।

२२ “समुदाय(प्रहरी सझेदारी“ अन्तर्गत जेष्ठ नागरीकको सुरक्षा सम्बन्धमा शंखरापुर न.पा.०४ रैले स्थित जे.पी. प्रतिष्ठान (जेष्ठ नागरीक ग्राम ) मा जेष्ठ नागरीक तथा सरोकारवाला पक्षसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको ।

२३ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषधको दुर्वयसनबाट कसरी बच्ने बिषयमा राष्ट्रिय मा.बि. सानागाउँका बिद्यार्थीहरुलाई लागू औषध सम्बन्धि प्रशिक्षण दिइएको ।

२४ का.जि. कागेश्वरी मनोहरा न.पा. वडा नं. १ गागलफेदी स्थित श्री बाल उद्धार मा.बि. का विद्यार्थीहरुलाई साइवर अपराध के हो कसरी बच्न सकिन्छ भन्ने बिषयमा साईबर अपराध सम्बन्धी कक्षा ८, ९ र १० का बिद्यार्थीहरु प्रशिक्षण प्रदान गरिएको ।

२५ का.जि. शंखरापुर न.पा. वडा नं. ६ स्थित श्री भगवती मा.बि. का विद्यार्थीहरुलाई लागु औषधको दुर्वयसनीबाट कसरी बच्ने भन्ने बिषयमा कक्षा ८, ९ र १० का बिद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको ।

२६ शंखरापुर नगर पलिका वडा नम्बर ६ स्थित वडा कार्यालयको भवनमा जेष्ठ नागरिकको सुरक्षा लगायत बिषयमा नगर पालिका प्रमुख सुबर्ण श्रेष्ठ, महिला बिकास अधिकृत निर्लज्जा चुडाल अधिकारी, वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ लगायतको उपस्थितिमा अन्दाजी १५० जना जेष्ठ नागरिकहरु सहभागी भएको उक्त कार्यक्रममा जेष्ठ नागरिकको सुरक्षा एबम समस्याको बारेमा अन्तर्कृया गरिएको ।

२७ साँखु खानेपानीको साधारण सभामा साधारण सभा बिथोल्न समेत सक्ने सुचनाका आधारमा प्रहरी टोली खटी गई त्यस्तो कार्य हुन गर्न नदिई शन्तीपुर्ण तरिकाले सम्पन्न गरिएको ।

प्रतिक्रिया दिनुहोस्