कस्तो छ आगामी तीन दिनको मौसम ?



काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान दैनिक बुटेलिन जारी गर्दै महाशाखाले मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिण तर्फ सरेको कारण देशको मौसमी गतिविधिमा सामान्य परिवर्तन हुने जनाएको छ ।

आगामी तीन दिनको मौसम
असोज ०६ गते (सोमबार)
दिउँसो
: देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । थोरै स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । केहि स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज ०७ गते (मंगलबार)
दिउँसो :
देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भूभागमा सामान्य बदलि रहनेछ । पूर्वी र मध्य भूभागका केही स्थानहरुमा र पश्चिमका १–२ स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज ०८ गते (बुधबार)
दिउँसो
: देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्