आफ्नै दाजुलाई खुकुरी प्रहार गरी आत्महत्या


फिक्कल : इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् ।

इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको छ । घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उहाँको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो । इलाममा उपचार सम्भव नभएपछि झापातर्फ लगिएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३०० मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत