हिन्दुधर्म समाप्त पार्ने चलखेल भइरहेको छ : सांसद यादव



वीरगञ्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले विदेशीको ईशारामा नेपाललाई धर्मनिरपेक्ष गरी हिन्दु धर्मलाई नै समाप्त पार्ने चलखेल भइरहेको आरोप लगाएका छन् ।

आइतबार वीरगञ्जको घण्टाघरस्थित विपी उद्यानको खाली जग्गामा आयोजित शिवचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले शिव आराधनाले हिन्दु धर्मको रक्षा र जगेर्ना गरेको बताए । ‘हाम्रो धर्ममाथि क्रिश्चियनहरुको गिद्दे नजर छ,’ उनले भने, ‘आज शिव भगवानको आराधना र चर्चा गाउँगाउँमा नभएको भए पैसाको बलमा हिन्दु धर्म समाप्त भइसकेको हुन्थ्यो ।’

अहिले पनि हिन्दु धर्ममा समाप्त गर्न क्रिश्चियनहरुको ईसारामा नेताहरु लागि परेको बताउँदै नेता यादवले भने–‘हिन्दुधर्म नै समाप्त पार्ने मानसिकताले हिन्दुहरुकै घर घरमा क्रिश्चियनहरु छापामार शैलिमा पुगेर धर्मपरिर्वतन गराई रहेको छन् यसलाई रोक्न सम्पूर्ण हिन्दुहरु जागरुक हुन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्