युवकमाथि गोली प्रहार


सप्तरी : राजविराजबाट सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ बह्मपुरस्थित घर फर्किरहेका २४ वर्षीय भगवती मण्डलमाथि आइतबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा रहेका दुई जनाले डाक्नेश्वरी नगरपालिका–८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिक रोकी एक्कासि गोली प्रहार गरेको मण्डलले बताए । मण्डल राजविराजबाट स ११ प १३६६ नम्बरको मोटरसाइकलबाट बह्मपुरस्थित घर गइरहेका थिए ।

मण्डलको बायाँ हातको पाखुरामा गोली लागेर घाइते भएको अवस्थामा उपचारार्थ राति अस्पताल आएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले बताएका छन् ।

मण्डलको पाखुराबाट अत्यधिक रक्तश्राव भएकाले उनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालका अहेव सन्तोष मेहताले जानकारी दिनुभयो । मण्डलको उपचार धरानस्थित प्रतिष्ठानमा भइरहेको छ ।

गोली प्रहार गरी फरार रहेका अभियुक्तको खोजीकार्य तीव्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

भक्तपुर : भक्तपुरको मध्यपुर थिमी–४ नयाँ थिमीमा ट्रिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ । एकै

वीरगन्ज– वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक ७० वर्षीय बृद्धको कोरोना संक्रमणका कारण

वीरगञ्ज : नारायणी अस्पतालको आइसोलेसन वार्डबाट सोमबार दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमित निको भएर

रुकुम पश्चिमः भेरी नदीको किनारमा फेरि एक युवकको शव फेला परेको छ । रुकुम पश्चिमको

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको आह्वान गरेका छन् । सोमबार साँझ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका कारण रोकिएको एसइई बारे छिट्टै निर्णय हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनतामा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण विस्तार गरिने बताएका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ४६ हजार ८ सय ३४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : थप ७ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको

काठमाडौं : प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको मानव अधिकार संरक्षण गर्न