कास्की–२ मा विद्याको पक्का


पोखरा : सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पछि हटिसकेपछि बलियो उम्मेदवारको रुपमा स्थानीय नेताहरुले तत्कालीन पर्यटन मन्त्री एवम् सो क्षेत्रका निर्वाचित सांसद रवीन्द्र अधिकारीे पत्नी विद्या भट्टराईलाई अघि सारेका छन् ।

त्यसोत तत्कालीन मन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि भट्टराईको नाम चर्चामा आएको थियो । पछि पार्टीका सचिवालय सदस्य एवम् पार्टीका प्रस्तावित उपाध्यक्ष गौतम उठ्ने चर्चा भएपछि स्थानीय नेताहरुबीच मतमतान्तर हुँदै आएको थियो ।

अन्ततः गौतम नउठ्ने भएपछि सहानुभूतिको भोटसँगै अधिकारीको उत्तराधिकारीको रुपमा समेत भट्टराईलाई उम्मेदवार बनाएर जित हात पार्ने स्थानीय नेताहरुको योजना रहेको बुझिएको छ ।

सरकारसँग जोडिएका कतिपय विषयहरुले जनतामा असन्तुष्टि बढाएको मौकाको फाइदा उठाउने दाउमा रहेको नपाली कांग्रेससँगको प्रतिस्पर्धामा भट्टराईलाई उठाउदा विजय हुने आंकलन गरिदै आएको छ । गौतम पछि हटेपछि भट्टराईसँगै स्थानीय नेताहरुले पनि उम्मेदवारको लागि छुट रहेको बताउन थालेका छन् ।

कास्की–२ को उपनिर्वाचन हुने क्षेत्रमा ११ वडा छन् । अंकगणितिय हिसावमा नेकपाको मत अन्य दलको भन्दा धेरै नै रहेको छ । गएको स्थानीय जम्मा ४९ हजार ९ सय १४ मत खसेको थियो । जसमध्ये १ हजार ४ सय ६४ मत बदर भएका थियो । गएको स्थानीय चुनावमा तीमध्ये अधिकांश वडामा नेकपाले जितेको छ । त्यसबाहेक अहिले नयाँ मतदाता पनि थपिएका छन् । दिवङ्गत मन्त्री अधिकारीले लोकप्रिय मतसहित लगातार तीन पटक सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । ०७४ निर्वाचनमा दिवङ्गत अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । अर्थात त्यसबेला अधिकारीले ८ हजार ५ सय ४६ मत बढी ल्याएर विजयी भएका थिए ।

१ स्वतन्त्रसहित १३ जना उम्मेदवार भए पनि ११ जनाको जमानत जफत भएको थियो । तेस्रो बनेको विवेकशील साझाले ८ सय ४३ मत ल्याएको थियो । नेकपा मालेले ५ सय ४९, संघीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१, स्वतन्त्र उम्मेदवार निर्मल खत्रीले १ सय १९ मत प्राप्त गरेका थिए । तर समानुपातिक मतमा भने कांग्रेसले प्रत्यक्षमा भन्दा २ हजार बढी मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत