म्यासेडाेनियाकाे नाम फेर्न भएकाे मतदानमा मत नै पुगेन



बीबीसी : म्यासेडोनियाको नाम नर्थ म्यासेडोनिया परिवर्तन गर्न भनी भएको मतदानमा आवश्यकभन्दा निकै कम मात्रै मत खसेको छ।

 

प्रारम्भिक परिणामका अनुसार जनमत संग्रहमा ५० प्रतिशत मत खस्नुपर्ने भए पनि एक तिहाइ भन्दा थोरै बढी जनसंख्याले मात्रै मत खसालेका छन्।

 

तर जनमत संग्रहमा भाग लिएका ३६ प्रतिशत योग्य मतदातामध्ये चाहिँ ९० प्रतिशतले म्यासेडोनियाको नाम परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा मत खसालेका छन्।

 

म्यासेडोनियाका प्रधानमन्त्री जोरन जाएबले बहुमतको इच्छाको कदर गर्न संसदलाई अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्