छोरीको हत्यापछि आत्महत्या


कैलाली : कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् ।

नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।

सुतेको कोठामा राति असामान्य आवाज सुनिएपछि ढोका खोली हेर्दा बेहोस् अवस्थामा फेला परेका कलेललाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

गएको जेठ महीनामा कलेलकी श्रीमती सरिताले आफ्नै पसलमा आत्महत्या गरेकी थिइन् । श्रीमतीको आत्महत्याको घटनालाई लिएर माइती पक्षले दिएको आत्महत्या दुरुत्साहनको मुद्दापछि पक्राउ परी पूर्पक्षका लागि कारागार चलान गरिएका कलेललाई जिल्ला अदालतले साउन २२ गते निर्दोष रहेको फैसला सुनाएको थियो ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच कैलालीको भजनी नगरपालिका—७ भुरुवा गाउँका ५३ वर्षीय डल्लु डगौरा नजिकैको मोहना नदीमा आज डुबेर बेपत्ता भएका छन्। भैँसी चराउन गएका बेला यो घटना भएको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत