एक चिकित्सकले झुक्किएर अर्कै महिलाको गर्भपात गर्दिए पछि…



एजेन्सी : दक्षिण कोरियाका एक चिकित्सकले झुक्किएर अर्कै महिलाको गर्भपात गराएको प्रहरीले बताएको छ । 

नाम नखुलाइएकी महिला ६ हप्ताको गर्भवती थिइन् र उनी पोषणयुक्त खानेकुरा लिन क्लिनिक गएकी थिइन् । 

तर चिकित्सक र नर्स दुवैले उनी को हुन् भनी चेक गरेनन् अनि गर्भपातअघि बेहोश बनाउने सुई दिए । 

डेढ महिनाअघि भएको यो घटनामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । उक्त क्लिनिक राजधानी सउलको गाङ्सेओ जिल्लामा छ । 

योन्हाप समाचार संस्थाका अनुसार, ती भियतनामी महिलालाई घटना भएको दिन उनी गर्भवती रहेको कुरा बताइएको थियो । 

उनलाई पोषणयुक्त सुई लगाउने सिफारिश गरिएको थियो र क्लिनिकको डेलिभरी रूममा त्यो सुई लिन भनिएको थियो । 

तर विभिन्न रोगीको रेकर्डहरू मिसमास भएपछि नर्सले ती महिलाको पहिचान पुष्टि नगरिकनै बेहोश बनाउने सुई लगाइदिएकी थिइन् । अनि चिकित्सकले नबुझिकनै गर्भपात गरिदिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्