ट्याक्सी चालक निदाउदा यसरी ठोक्किए चारवटा गाडीमा (भिडियो सहित)



एजेन्सी : सुत्न नपाएका एक ट्याक्सी चालकले अफिस टाइममा पंक्तिमा रहेका गाडीहरूलाई ठोकेपछि उनलाई गाडी चलाउन प्रतिबन्ध लगाइएको छ । 

डेनियल बेराकीले गत जुलाई महिनाको १ तारिखमा बिहान ३ बजे ट्याक्सी चलाउन शुरू गरेर अर्को शिफ्टका लागि बिहान ११ बजे हाजिर लगाउन आएका थिए । 

उनले साँझ ५ बजेसम्म काम गरेका थिए । दुई नयाँ यात्रुलाई लिन उनी न्युकासल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 

ए१६७ राजमार्गबाट न्युकासल जाँदै गर्दा बेराकीले ७० माइल प्रतिघन्टाका दरले गाडी कुदाएका थिए । उनले रोकेर राखिएका चारवटा कारलाई तीव्र गतिमै लगेर जोतेका थिए । 

खतरनाक तरिकाले गाडी चलाएकोमा उनलाई दोषी ठहर गरिएको थियो र नर्थ टाइनसाइड मजिस्ट्रेट्स कोर्टले सजाय सुनाएको थियो । 

लाइनमा अन्तिममा रहेकी चालिकाले आफूपछाडि तीव्र गतिमा आइरहेको ट्याक्सी देखेपनि छिट्टै अन्त लग्न सकेकी थिइनन् । 

पाँचवटा कारमा गम्भीर क्षति पुगेको थियो अनि चालकहरूलाई हल्का चोटपटक लागेको थियो ।निद्रा लागेको बेलामा गाडी चलाएकाले यस्तो दुर्घटना हुन पुगेको ट्याक्सी चालकका वकिलले बताए ।

प्रतिक्रिया दिनुहोस्