स्कूटरलाई प्यारासुटमा बाँधेर यसरी उडाए यी व्यक्तिले (भिडियो सहित)



एजेन्सी : अस्ट्रियामा गुएन्टर शाचेरमायरले प्यारासुटमा भेस्पा स्कूटर अड्काएर ९५ फीट माथि उडाएर विश्व कीर्तिमान बनाएको दाबी गरेका छन् । उनले स्कूटरलाई वुल्फग्यांग तालमाथि सजिलै उडाएका थिए । 

उनी बसेको स्कूटर मोडिफाई गरिएको थियो । प्यारासुटलाई तालमा रहेको स्पीडबोटले तानेको थियो र त्यसरी तान्दा स्कूटरसहित उनी आकाशमा पुगेका थिए । 

हावामा उचालिँदा गुएन्टरले मुट्ठी उज्याएका थिए र आफू विश्व कीर्तिमानधारी हुने निश्चित गरेका थिए । उनी उडानमै रहँदा एनर्जी ड्रिंकको क्यान खोलेर पिएका थिए । ९५ फीटको उचाइमा पुगेपछि गुएन्टर तल आएका थिए । 

उनले भने, ‘भेस्पा चढेर यति माथि पुग्ने पहिलो व्यक्ति हुनु गजबको कुरा थियो । दुई वर्षको तालिमपछि यो उपलब्धि हासिल गर्नु मजाको कुरा हो ।’

तर गुएन्टरको भेस्पा तालमा खसेपछि मर्मत गर्नै नसकिने गरी बिग्रेको छ । गुएन्टरले गिनिजलाई भिडियो र तस्वीर पेश गरेर कीर्तिमान पुष्टि गर्न खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्