जड्याहाले विमानमा बमको हल्ला फैलाए पछि…



एजेन्सी : रक्सी पिएर होश गुमाएका एक बेलायतीले विमानमा बम रहेको निराधार हल्ला फैलाएपछि स्पेनको इबिजा विमानस्थलमा तनाव भएको छ । 

बम निष्क्रिय पार्ने विज्ञहरूले बेलायतको न्युकासल जान लागेको जेट२को ईएक्सएस५५६ लाई पूरै जाँचेका थिए । घटना आइतबार मध्यदिनमा भएको थियो । 

यसले गर्दा लगभग पाँच घन्टा उडानमा ढिलाइ भएको थियो र १२ः४० मा उड्नुपर्ने विमान लगभग ५ बजे मात्र उड्न पाएको थियो । यो झूटो हल्ला भनेर अधिकारीहरूले पुष्टि गरेपछि यात्रुलाई पक्राउ गरिएको थियो । 

उनलाई सोमवार न्यायाधीशसमक्ष पेश गरिनेछ । उनको नाम र उमेर सहित कुनै पनि व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन । प्रहरी स्रोतले ती व्यक्ति रक्सीको मातमा रहेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्