बुद्धिमान कुकुर जसले गर्‍यो ट्राफिक नियमको पालना (भिडियोसहित)



एजेन्सी : मानिस आफूलाई बुद्धिमान् प्राणी ठान्छ तर जानीजानी मूर्ख काम गरिरहेको हुन्छ । बरू मानिसले बुद्धिहीन भनी हेप्ने पशुले अनुशासन पालन गर्छ ।

रसियन टीभी (आरटी) ले आफ्नो ट्विटर ह्यान्डलमा शेयर गरेको एउटा भिडियोले मूर्ख मानिस र बुद्धिमान् पशुको राम्रैसँग तुलना गरेको छ । 

भिडियोमा एक व्यक्तिले जथाभावी सडक काट्ने हुँदा एउटा कारले आएर उनलाई ड्याम्मै लडाइदिएको देखिन्छ । अनि एकछिनपछि एउटा सेतो कुकुर त्यही सडकमा आउँछ ।

ऊ जेब्रा क्रसिङनेर सडकपेटीमा उभिन्छ । एउटा स्कूटर पास भएपछि ऊ जेब्रा क्रसबाटै सडक पार गर्छ । कारले बजाएको मानिस चाहिँ सडकमै लडिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्