सोङ ताओ स्वदेश फिर्ता



काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ आज स्वदेश फर्किएका छन् । सि जिङपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर ताओ आज (बुधबार) चीन फर्किएका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गरेका थिए । कार्यक्रममा सहभागी हुन उनीसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी भएका थिए ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन ताओ सोमबार नेपाल आएका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्