कृषि बैंक प्रकरण: मुख्य योजनाकार कालेको ५ अर्बभन्दा बढी रकम चोर्ने योजना



काठमाडौ : कृषि विकास बैंक लाहान शाखाको चोरी प्रकरणमा अनुसन्धान थालेको प्रहरीले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामा ह्याक गरेर पाँच अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनारहेको नयाँ खुलासा गरेको छ ।

अफ्रिकी मूलका काले भनिने पिटर नेपाली भाषाका साथै हिन्दी र अंग्रेजी पनि बोल्न सक्छन् । भारतको मुम्वई बसेर नेपाली नागरिकलाई प्रयोग गर्दै कृषि विकास बैंकका साथै कैलाश विकास बैंक र नबिल बैंक ताथा पानर रेमिटमा ह्याक गरी रकम निकालेको प्रहरीले दाबी गरेको छ ।

कृषि विकास बैंकबाट झण्डै ५ करोड चोरी भएको खुलासा, ११ जना पक्राउ

योजनाकार काले भनिने पिटर रहेको पनि प्रहरीको अनुसन्धानले देखाएको छ । भारतमा बस्दै आएका पिटरको समूहले नेपालका विभिन्न बैंक र वित्तीय संस्थामा ह्याक गरेर ५ अर्बभन्दा बढी रकम हात पार्ने योजना बनाएको थियो । यस्तो योजनाअनुसार नै लाहान शाखाबाट चार करोड ७३ लाख चोरी प्रकरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्