सरकारले संवैधानिक निकाय नियन्त्रणमा लिन खोज्यो : नेता केसी



वीरगञ्ज : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सरकारले संवैधानिक निकायहरुलाई आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाएका छन् ।

बुधबार प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नै नेता केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा, अख्तियार र न्यालयलाई हस्तक्षेप गरी नियन्त्रणमा लिन खोजेको बताए ।

देशमा बढ्दै गएको भ्रष्टचारको संरक्षक प्रधानमन्त्री ओली नै गरिरहेको बताउँदै उनले भने–‘संवैधानिक संस्था लोकतन्त्रका मेरुदण्ड भएपनि त्यसलाई निगरानी गरी नियन्त्रण गर्न खोजिदै छ ।’

अहिले मुलुक महंगी, भ्रष्टाचार, हिंसा र बलात्कारको दलदलमा फसेको समेत उनले बताए ।

प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलगायत पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्