रूख प्रयोग गर्न सहज


हेटौँडा : आफ्नो खेतबारी र जग्गाधनी प्रमाण पूर्जा कायम रहेको निजी स्वामित्वभित्रका जमीनमा आफूले संरक्षण गरेका रूख सहजरूपले उपयोग गर्न पाइने भएको छ ।

निजी जग्गामा रहेका रूख घरेलु प्रयोजनका लागि सहजरूपले उपयोग गर्न पाउनुपर्ने जनप्रतिनिधिको मागलाई सम्बोधन गर्दै लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले निजी स्वामित्वमा रहेका रूख प्रयोग गर्न नजिकको निकुञ्ज चौकीलाई जानकारी दिइ कटानी तथा उपभोगमा सहज पारिएको जानकारी दिए ।

आफ्नो बारीको बनस्पति रूख कटान गर्न जमीनको नक्सा, जग्गाधनी प्रमाण पूर्जाको फोटोकपीसहित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा रु १० टिकट टासी निवेदन दिएर वन प्राविधिकद्वारा स्थलगतरूपमा परीक्षण गर्नुपर्ने झण्झटिलो परिपाटी अन्तः गर्दै निकुञ्ज प्रमुखले गरेको घोषणा स्वागतयोग्य भएको नागरिक समाजले जनाएको छ ।

खेतबारीको बहानामा जङ्गलको रूख कटानी हुनसक्ने आशङ्कामा कार्यालयको आन्तरिक हिसाबले राखेको प्रावधान हटाइएको र घर गोठ बनाउनबाहेक बिक्री वितरणका लागि पठाइने हो भने मूल्य अभिवृद्वि कर भ्याट अनिवार्य तिर्नुपर्ने प्रमुख संरक्षण अधिकृत रानाले बताए ।

जङ्गली जनावरको आक्रमण रोकी किसानले लगाएका अन्नबाली कसरी संरक्षण गर्ने भन्ने एक अन्तरक्रियामार्फत जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उत्तरगयाका उपेन्द्र लम्साल, कालिकाका सीतादेवी पौडेल, नौकुण्डका नुर्पु साङ्बो घले, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, जिल्ला समन्वय सदस्यसमेतको रोहवरमा प्रमुख संरक्षण अधिकृत रानाले आवादी जमीनको रूख सहजरूपले उपभोग गर्न पाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सत्तारुढ दल नेकपाले रिक्त रहेको सभामुख पदमा कसलाई अघि सार्ने भनेर आन्तरिक गृहकार्य

काठमाडौ : भिभिआईपी यौनकाण्डमा जोडिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही अहिले प्रहरीको सम्पर्कमा छैनन् ।

तनहुँ : तनहूँमा नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ । घरेलु

काठमाडौ : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा

काटमाडौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा कार्यरत देवेन्द्र केसी नियुक्त भएका

विराटनगर : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण

काठमाडौं : काठमाडौंको दरबारमार्गमा भीषण आगलागी भएको छ । भिक्ट्री लाउन्जमा विद्युत सर्ट भएर आगालगी

काठमाडाै‌ं : चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच

रौतहट : सत्तारुढ नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी

रौटहट : रौटहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा नेपाली कांग्रेसका नेता एवं पूर्व

काठमाडौं : सबै जातजाती र भाषाभाषीको विविधतामाझ पर्व, पारिवारिक मिलन, सुखदुःख आदानप्रदान तथा सामाजिक सद्भाव

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सी जिनफिङबीच अब केही बेरमा हुने दुई