सदरमुकाममा म्याद नाघेका खाद्य सामग्री



धादिङ : जिल्ला अनुगमन समितिले सदरमुकाम धादिङबेंसी बजार क्षेत्रमा उपभोग्य सामग्रीका पसल, होटल, किराना पसल, मिठाइ पसल गरी १० वटा पसलमा अनुगमन गरी अखाद्य वस्तु र म्याद नाघेका सामग्री जफत गरी नष्ट गरेको छ ।

अनुगमनका क्रममा पसलका लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्य वस्तु, म्याद गुज्रिएको सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, विभिन्न प्रकारका पेयपदार्थ, रङ प्रयोग गरी बनाइएको जेरी मिठाइका परिकारलगायतका सामग्री भेटिएको र सबै सामग्री बरामद् गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक अर्जुनप्रसाद शर्माले बताए ।

चाडबाडको समयमा मात्र अनुगमन गर्ने गरिएकामा अब नियमित अनुगमन गरिने र होटललाई मापदण्डका आधारमा स्टिकरसमेत वितरण गरिने योजना रहेको शर्माको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्