जनकपुरमा एकाबिहानै गोली चल्यो



जनकपुर : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बिहीबार बिहान प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लुटपाट गर्ने समूहमाथि समाउने क्रममा गोली चलाइएको हो ।

बिहीबार राति ३ः३० बजे जनकपुर २ स्थित जानकी फर्निसिंङ्ग अगाडि लुटपाट गर्ने समूहलाई पक्राउ गर्ने क्रममा लुटपाट गर्ने समूहले हतियार देखाएर भाग्न खोज्दा प्रहरी हवाई फायरिङ्गसहित गोली चलाएको हो ।

त्यसक्रममा खुट्टामा गोली लागेका विनोद प्रसाद सिंहको अवस्था समान्य रहेको छ ।

त्यसलगत्तै प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद गरेको जनाएको छ ।

धनुषा प्रहरीले यो घटनाका बारेमा सार्वजनिक गरेको छैन, तर विस्तृत विवरण आएपछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्