भारत गए प्रदेश २ का अर्थमन्त्री यादव



जनकपुरधाम : प्रदेश २ का अर्थ तथा योजनामन्त्री विजयकुमार यादव एक कार्यक्रममा भाग लिन हिजो (बुधवार) भारत प्रस्थान गरेका छन् ।

भारतको मुम्बईमा वल्ड हिन्दु ईकोनोमिक फोरमले आयोजना गर्न लागेको आर्थिक सम्मेलनमा भाग लिन मन्त्री यादव भारत गएको मन्त्री यादवका प्रमुख स्वकिय सचिव सुरेन्द्र अधिकारीले बताए ।

मन्त्री यादवसँगै मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठ, उपसचिव अर्जुन न्यौपाने र आर्थिक सल्लाहाकार राजकुमार सिंह पनि सम्मेलनमा भाग लिन गएका छन् ।

सम्मेलन असोज १० देखि १२ गते सम्म चल्ने उक्त कार्यक्रमपछि मन्त्रीसहितको टोली १३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्