विमलेन्द्र निधि अर्थात मधेशका बादसाह



काठमाडौं : आफ्ना बुबा कांग्रेसका शीर्ष नेता महेन्द्ननारायण निधिको प्रेरणाले सानै उमेरमा राजनीतिमा संलग्न भएका विमलेन्द्र निधि १२ वर्षको उमेरमा नै जेल परे । सानै उमेरमा जेलको अनुभव समेत गरेका निधि नेपालको प्रजातान्त्रिक आन्दोलनका एक खम्बाका रुपमा स्थापित छन् । नेपाली कांग्रेसको उपसभापति रहेका निधि मधेशको राजनीतिमा एक बादसाहका रुपमा पहिचान बनाएका छन् ।

बुद्धिचालको सबैभन्दा मुख्य गोटीका रुपमा रहेजस्तै छन्, निधि । गिरिजाप्रसाद कोइरालाले समेत मन पराएका निधि पछिल्ला दिनहरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अत्यन्तै विश्वासपात्रका रुपमा छन् । कांग्रेस भित्र र नेपाली राजनीतिमा गमेचेन्जरका रुपमा रहेका निधि समकालिन अरु नेताहरुलाई पछाडि धकेलेर कांग्रेसको शीर्ष नेतृत्वतर्फको यात्रा गरिरहेका छन् । कांग्रेसभित्र भविष्यको सभापतिका रुपमा सन्देश प्रवाह गर्दै अगाडि बढेका निधिको राजनीतिक यात्रामा सामान्यतया पछाडि फर्किनु परेको छैन ।

२०१३ साल असोज ९ गते जन्मेका निधिको आज ६४ औँ जन्मदिन पनि हो । चित्रगुप्तका खानदानीका रुपमा रहेको निधि परिवारबाट नेपालाके राजनीतिक क्षितिजमा उदाएका निधिलाई राजनीतिक क्षेत्रमा अघि बढाउन बुबा महेन्द्र नारायण निधिको महत्वपूर्ण भूमिका छ ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर निधिले एसएलसीसम्मको अध्ययन जेलभित्रैबाट पूरा गरेका थिए । १२ वर्षीय उमेरबाट जेल जीवनका अनुभव गरेका निधिले पटकपटक गरी पाँच वर्ष जेल जीवन विताएका थिए । पटक–पटक सांसद र मन्त्रीसमेत बनेका निधि नेपाली कांग्रेसभित्र केन्द्र भागमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्