जब बेहुली जन्ती लिएर बेहुलाको घरमा पुगिन्…



एजेन्सी : बंगलादेशमा एउटा यस्तो विवाहका बारेमा चर्चा भइरहेको छ जहाँ बेहुली नै जन्ती लिएर बेहुलाको घरमा गएकी छिन् । १९ वर्षीय खदीजा अख्तर खुशीले बंगलादेशका सबै महिलाहरुले उनको अनुसरण गर्छन् भन्ने आशामा यस्तो गरेको बताइएको छ ।

यस घटनाभन्दा अगाडी यस देशमा वर्षौँदेखि नै विवाहका लागी बेहुला बेहुलीको घर जान्छन् ।

खदीजाले आफ्नो विवाहको घटना भाइरल भएपछि बीबीसी बंगालीसँग भनिन्- ‘यदि केटाहरुले विवाह गरेर केटीहरुलाई लिएर जान्छन् भने केटीले किन लान सक्दैनन् ?’

उनले तारिकुल इस्लाम नाम गरेका युवासँग विवाह गरेकी छिन् ।

यधपि, यो घटना प्रेरित गर्ने र डराउन दिने दुबै प्रकृतिको रहेको बीबीसी हिन्दिले जनाएको छ । एक व्यक्तिले रिस पोख्दै उक्त दम्पती र उनीहरुका परिवारलाई चप्पलले पिट्नुपर्ने बताए ।

तर खदीजा र उनको पति दुबैका लागि यो सामान्य कुरा हो । उनीहरु भन्छन, राम्रो काम गर्नुपर्छ ।

बांग्लादेश में निकाह

उनले बीबीसीसँग भनिन्- ‘यहाँ परम्परा मुद्धा होइन् । यो महिला अधिकारको एक मामला हो । यदि आज एउटा केटी एउटा केटाको घरमा विवाह गर्न जान्छिन् भने कोहीलाई असर पर्दैन् । यसले गर्दा महिलाहरुमाथि र्दुव्यवहार कम हुन्छ । कोही पनि मानिस कोहीभन्दा कम छैन् ।’

यी दम्पती आफ्नो विवाहलाई लिएर सतर्क थिए । यो विवाह अघिल्लो शनिबार भारतको सीमाको एक ग्रामिण क्षेत्रमा भएको थियो । यस विवाहलाई लिएर ती दम्पतीका आफन्तहरुपनि सुरुमा उत्सुक थिएनन् ।

यधपि, २७ वर्षिय तारिकुलले भने उनी सहमत भइन् र उनले केही गलत गरेकी छैनन् ।

नव दम्पतीले भने- ‘अदालत, मन्दिरमा कति विवाह हुन्छन् । हामी धर्मका अनुसार विवाह गर्छौँ । त्यहाँ विवाह गराइदिने काजी र साक्षीहरु हुन्छन् । यो विवाहको औपचारिकता हो । हामीले पनि ठिक त्यस्तै ग-र्यौँ ।’

उनीहरु भन्छन्, यो होइन् की मानिसहरु के सोच्छन्, के गर्छन् । केही मानिसहरुले फरक सोच्न सक्छन् । सबै मानिसहरुको आफ्नो विचार हुन्छ ।

के छ परम्परा ?
बीबीसी बंगाली संवातदाता सन्जना चौधरीका अनुसार, यहाँको परम्पराका अनुसार बेहुला र उसका आफन्तहरु बेहुलीको घर जान्छन् जहाँ विवाह हुन्छ र रमाइलो गरिन्छ । यसपछि बेहुलीले आफ्नो परिवारसँग विदा लिएर श्रीमानको घरमा आउँछिन् । यो परम्परा परापूर्वकालदेखि नै चलिआएको छ ।

यधपि, पश्चिमी बंगलादेशको एक जिल्ला मेहेरपुरमा केही अलग देखियो । यहाँ बेहुली आफ्ना परिवारहरुका साथ विवाहका लागि बेहुलाको घर आइन् र विवाह पछि बेहुला बेहुलीको घर गए ।

यस विवाहको महत्वलाई नजरअन्दाज गर्न सकिदैँन् । कति पुरुषहरुका लागि यो अपमानजनक हुन् सक्छ । सबै मानिहरु यो घटनालाई आश्चार्यजनक भन्न सक्छन् ।

एक सानो गाउँमा जुन प्रकारको विवाह भएको छ यस्तो बंगलादेशको शहरमा पनि भएको छैन् । उक्त दम्पतिले वैवाहिक जीवनको शुरुवात एक ठूलो साहस देखाएर गरेका छन् ।

उनीहरुको आत्मविश्वाससँगै यो एक साहसपूर्ण निर्णय थियो ।

हालको वर्षमा बंगलादेशमा समानताको दिशामा धेरै नै प्रगति भएको छ । विश्व आर्थिक मंचका मुताबिक लैंगिक समानताको मामलामा दक्षिण एशियामा बंगलादेशको -याङ्क धेरै माथि छ ।

यधपि, गम्भिर घटनाहरु अहिले पनि भइरहेका छन् । १९ वर्षकी नुसरतको मृत्युको मामला विश्वभर चर्चामा रह्यो । आफ्नो हेडमास्टरका विपक्षमा यौन उत्पिडनको एक आरोप लगाउँदा उनलाई जिउँदै जलाइएको थियो ।

यस बीचमा संयुक्त राष्ट्रले भन्यो विवाह गर्ने दुई तिहाई महिलाहरु आफ्नो पार्टनरको हातबाट हिंसाको शिकार हुनुपर्छ । जसमा अघिल्लो वर्ष आधा महिलाहरुले रिर्पोट दिएका थिए ।

मुस्लिम बहुल देशमा शिक्षा, विवाह, कानुन जस्तो विषयमा प्रगतीको कुरा हुँदा महिला अधिकार समूह प्रतिबन्धात्मक र पक्षपातको आरोप लगाउने गर्छन् । बंगलादेशको हाई कोर्टले अघिल्लो महिना विवाहको फर्मबाट कुमारी (भर्जिन) शब्द हटाउने निर्देशन दिएको छ । यसपछि अब महिलाहरुलाई विवाहको फर्ममा भर्जिन भएको जानकारी दिनु जरुरी छैन् । पुरुषहरुलाई यसप्रकारको कुनै घोषणा गर्नु पर्दैन् ।

तारीकुल र खदीजा आशावादि छन् कि, उनीहरुको विवाह लैंगिक समानताको दिशामा एक प्रतिगामी कदम हुनेछ ।

तारीकुलले समाचार एजेन्सी एएफपीसँग भने- ‘म आशावादी छु, हाम्रो विवाहले एक सन्देश दिनेछ कि एक महिलाले त्यो गर्न सक्छिन् जुन एक पुरुषले गर्न सक्छ ।’

खदीजा भन्छिन्- ‘हामीले आफ्नो विवाहमा निकै रमाइलो ग-र्यौँ ।’

प्रतिक्रिया दिनुहोस्