प्रधानमन्त्री कड्किदा मन्त्री बने रातोपिरो



काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सम्झौता अनुसार काम भए–नभएको विषयमा मन्त्री र सचिबहरुसँग स्पष्टिकरण लिएका छन् । सम्झौता गरेपनि देखिनेगरी परिणाम नआउदा असन्तुष्ट बनेका प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरुलाई बोलाएर सचेत बनाएका छन् । सामुहिक बैठकमा कुनै मन्त्रीको नाम नलिएता पनि कुनै कनुै मन्त्रीप्रति लक्षित गरेर प्रधानमन्त्री ओलीले कटाक्ष पनि गरेका थिए । यसरी कटाक्ष गरेको मनमनै बुझेका ती मन्त्रीहरु रातोपिरो देखिन्थे ।

चालु आर्थिक वर्षको प्रारम्भिक २ महिनामा मन्त्रालयहरुले के–के काम गरे ? भन्ने विषयमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई बोलाएर सोधेका थिए । सरकारले प्रभावकारी ढंगले काम गर्न नसकिरहेको भनेर आलोचना भएपछि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुससँग कार्यसम्पादन सम्झौता गरेका थिए भने मन्त्रीहरुले आफ्नो मन्त्रालयका सचिबहरुसँग सम्झौता गरेका थिए ।

प्रधानमन्त्री ओलीले त्यही कार्यसम्पादन सम्झौताअनुसार कति काम भयो भनेर समिक्षात्मक बैठक राखेर चासो लिएका थिए । आज सिहंदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित समिक्षा बैठकमा कार्यसम्पादन सम्झौताअनुसार प्रभावकारी काम गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरुलाई कडा निर्देशन दिएका थिए ।

बजेट कार्यान्वयनको कामलाई तीव्रता दिन र जनताले महशुस गर्ने गरी काम गर्न निर्देशन दिदै प्रधानमन्त्री ओलीले आर्थिक उन्नती र समाजमा परिवर्तनको सकारात्मक परिणाम दिनेगरी काममा जुट्न आग्रह गरेका छन् ।

एक मन्त्रीका अनुसार वैठकमा कडा ढंगले प्रस्तुत भएका प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सम्झौता कार्यान्वयनका विषयमा सचेत बनाएका थिए । सम्झौताअनुसार परिणाम दिन नसक्ने मन्त्रीहरुप्रति लक्षित गर्दै काम गर्न नसक्नेले ठाउँ छोड्पर्ने समेत बताएका थिए ।

ओलीले समयमा सही काम गर्न र मन्त्रीपरिषदबाट फिर्ता हुने खालका प्रस्तावहरु नल्याउन पनि ध्यानाकर्षण गराएका थिए । ‘ हामी अब चल्ते चलाते ढंगले होईन नविनता र सहजताका साथ अगाडी बढ्न चाहन्छौ । त्यसैले जटिलता होईन सहजता खोज्नुपर्छ ।’ – प्रधानमन्त्री ओलीले भने । त्यसैगरी ओलीले फाईल बढी अल्झिने मन्त्रालयहरुलाई ढिलाई नगर्न पनि निर्देशन दिए ।
बैठकमा प्रधानमन्त्री कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्यप्रगति विवरण पेश गरिएको थियो भने मन्त्रालयका मन्त्री र सचिबहरुले कामको प्रगति र समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्