अमेरिकी राजदूतले चिनियाँ टोली फर्कनासाथ किन भेटे नेताहरुलाई ?



काठमाडौ : नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेतृत्वको टोली स्वदेश फर्किनासाथ नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीको नेताहरुलाई भेट्ने दौडधुप बढेको छ । आज विहीबार मात्रै रादूत बेरीले सत्तारुढ दलका नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

आज बिहीबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेर सभापति देउवासँग भेटवार्ता गरेका राजदूत बेरीले दिउसो नेकपा नेता नेपालसँग भेट गरेका छन् । दुबै नेतासँगको भेटमा नेपाल–अमेरिका सम्बन्धसँगै विकसित पछिल्ला राजनीतिक घटनाक्रम, आपसी हित तथा नेपाल – अमेरिका सहयोग सम्बन्धमा छलफल भएको बताईएको छ । आकस्मिक हिसाबले गरिएको यो भेटवार्ताले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।

नेकपाले सी बिचारधारामाथि चिनियाँ नेताहरु बोलाएर छलफल चलाएपछि अमेरिका सशंकित भएको चर्चा भईरहँदा चिनियाँ नेतृत्व फर्केलगत्तै राजदूत बेरीको यो राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्