अफगानिस्तानविरुद्ध नेपालकाे खराब सुरुवात



काठमाडाैं : बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपाली टोलीले पहिला ब्याटिङ गर्दै छ । बिकेएसपी फोर मैदानमा भर्खर भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

 

१० अोभरको समाप्तिमा नेपालले १९ रन जोड्दै ३ विकेट गुमाएको छ । अोपनर रित गौतम १० तथा र रवि साह २ रनमा पेभलियन फर्केका छन् । सन्दीप जोरा खाता नखोली अाउट भएका छन् ।

 

नेपाली यू- १९ र अफगानिस्तान यू-१९ अहिले सम्म १२ पटक भिडेका छन् र नेपाल ४ खेलमा जित निकाल्दा अन्य सबै खेलमा पराजित भएको छ । नेपालले गएको १६ सेक्टेम्बरमा भारतीय क्रिकेट बोर्डले आयोजना गरेको मैत्रीपूर्ण चार दिवसिय श्रींखलामा अफगानिस्तानलाई २५ रनले हराएको थियो ।

 

पहिलो खेलमा भारतसँग १ सय ७१ रनको फराकिलो अन्तरले पराजित भएको नेपाललाई अघिल्लो चरणको आशा जीवित राख्न अफगानिस्तानसँगको खेल जित्नै पर्ने हुन्छ ।

 

अफगानिस्तानलाई हराउन नसके नेपाल समुह चरणबाटै घर फर्कने छ । नेपालले अन्तिम खेल मंगलबार युएईसँग खेल्दा अफगानिस्तानले भारतसँग खेल्ने छ ।

 

अफगानिस्तानले पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । भारतले दोस्रो खेलमा आइतबार यूएईलाई २ सय २७ रनले पराजित गर्दै सेमिफाइनल लगभग पक्का जस्तै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्