यसरी तुहियो बाबुरामलाई प्रधानमन्त्री बनाउने खतरनाक योजना



काठमाडौं : दुई वटा ठूला कम्युनिष्ट पार्टी मिलेर चुनवा लड्दाको परिणाम आयो– नेपालमा वामपन्थीहरुको सुविधाजनक बहुमत । समाजवादी पार्टीलाई समेत साथमा लिएर दुई तिहाईको सरकार बन्यो । संसदीय चुनावमा गठबन्धन गरेर होमिएका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकता भई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्यो । एकतापछि बनेको नेकपाका अध्यक्ष रहेका केपी शर्मा ओली दुईतिहाईको सरकार बनाउँदै प्रधानमन्त्री बने ।

मुलुकमा अब राजनैतिक स्थिरता हुन्छ र नौ–नौ महिनामा सरकार बनाउने र ढलाउने खेलको अन्त्य हुन्छ भन्ने धेरैको विश्वास थियो । दुईतिहाई मतको सरकार बनाउँदै नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीलाई पनि यस्तै विश्वास थियो । तर सरकार बनाएको केही समयपछि नै मुलुकको बागडोर सम्हालेका प्रधानमन्त्री ओलीको यो विश्वास क्रमशः धर्मराउन थाल्यो ।

दुई तिहाईको सरकार फेर्नेसम्मका भित्रभित्रै ग्रयाण्ड डिजाईनहरु हुन थाले । यी खेलहरु हुन थालेपछि बालुवाटार मात्र होईन शितल निवासमा समेत हलचल हुन पुग्यो । त्यससँगै बेबी किङ र हिन्दूराष्ट्रको कुरा पनि जोडतोडका साथ उठे । यसले नेपालको राजनीतिवृत्तमा हलचल नै ल्यायो । त्यसपछि प्रधानमन्त्री ओली स्वयमले मुख खोल्नुपर्ने अवस्था आयो । ओलीले मात्र होईन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेकपाका वरिष्ठ नेताहरुले समेत सार्वजनिक अभिव्यक्ति दिन थाले ।

यस प्रसंगमा भित्रभित्रै के त्यस्तो तयारी भइरहेको थियो त ? त्यससम्बन्धी गोप्य सूचना द नेपालटपले प्राप्त गरेको छ । प्राप्त सूचनाअनुसार भार डिजाईन भएको थियो । तर पछि त्यो डिजाईन गर्भमै तुहिन पुगेको छ । दुई तिहाईको सरकार तका विश्वासपात्र नेताका रुपमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन लाई ढालेर भट्टराईलाई प्रधानमन्त्री बनाउन अहिलेको अवस्थामा निकै कठिन थियो । तर ओली सरकार ढलाउने कसरत गरिरहेका डिजाईनरहरुले नेकपालाई विभाजन गर्नेसम्मको योजना बनाएका थिए । त्यसबखत नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले सार्वजनिक रुपमै पार्टी विभाजन हुन सक्ने अभिव्यक्ति दिएको कुरा स्मरणीय छ ।

यसको लागि भारतीय ग्रयाण्ड डिजाईनमा समाजवादीका नेता भट्टराईलाई मधेसवादी दलहरुसँग नजिकिन र गठबन्धन बलियो बनाउन लगाईएको थियो । नेपालमा देखिने गरी वैकल्पिक शक्ति निर्माण हुनुपर्ने छिमेकी भारतको सोच छ । त्यसैअनुरुप यो कदम चालिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालको अन्तिमताका नीति नै थियो, दूतावास वा कुनै एजेन्सी देखिने गरी राजनीतिक वा अन्य मामिलामा सक्रिय नहुने । तर, नियमित जिम्मेवारीभित्रका सुक्ष्म विश्लेषण गरिने काम भने रोकिएको थिएन । जब मोदी प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै थिए, राजदूतमा रञ्जित रे प्रस्तावित भए ।

त्यसैबखत लण्डनबाट सिधै ‘रअ’को नेपाल चिफको रुपमा विवेक जोहरी, नेपाल आए । उनी नेपाल आएलगत्तै बाबुरामलाई प्रधानमन्त्री बनाउन राम्रै लबिङ गरेका थिए । उनले सोहीअनुरुप सहमत गराएर वैकल्पिक शक्तिको रुपमा विस्तार गर्न चाहन्थ्यो । त्यही अनुसार छलफल पनि चलाएका थिए । उनले त्यसबेला वैकल्पिक शक्ति बनाउन प्रेरित गरेका थिए । उनको सुुझाव हो, ‘उदार प्रजातान्त्रिक शक्तिका रुपमा अगाडि बढ्नुस् । त्यसपछि कांग्रेस र नेकपाका मान्छेलाई तान्ने भूमिका खेल्नुस् ।’

छिमेकतिरबाट यस्तोखाले भूमिका बाक्लिनुको खास कारण हो, नेपाललाई हिन्दू राष्ट्र कायम गराउने मामिलामा नेपाली कांग्रेस र राजपालाई निकट ल्याउनु । कांग्रेसलाई प्रस्तावकको रुपमा अगाडि सार्ने र विस्तारै–विस्तारै नेकपाका केही मान्छे तान्ने रणनीति छ । यसो गर्दा दुईतिहाईको सरकारलाई गलाउन सकिन्छ भन्ने भारतले सोचेको छ ।

भारतले यो मुद्दामा पहिला कमल थापालाई अगाडि सा-यो । तर, त्यो अस्त्र खासै फलदायी भएन । राजालाई अघि बढाउँदा स्वार्थ बाझिने भयो । उनले आज हिन्दू राज्य, भोलि राजतन्त्र पुनःस्थापनाको लोभ गर्ने नै भए । त्यो अभीष्ट पूरा गर्न नसकिँदा पूर्वराजासँग सहकार्य खासै हुन सकेको छैन । यदि पूर्वराजासँग सहकार्य गर्ने हो भने एजेण्डा नै डाइभर्ट हुने खतरा देखेपछि अहिले मधेसवादीहरूसँग बाबुरामहरूलाई मिलाउने काम भइरहेको बताइन्छ । संघीय समाजवादी, राजपा र कांग्रेसलाई चुनावसम्मको गठबन्धन बन्ने गरी छिमेकीले अगाडि बढाउन खोजेको छ ।

यता भारतले काठमाडौंमा आफ्नो कर्मचारी खटाउँदा पुलिसतर्फ होस् वा अरुतर्फ, भारतले डिआइजीस्तरका अधिकारी खटाउने गर्दछ । तर, विवेक जोहरी त्योभन्दा माथिल्ला दर्जाका हुन्, एडिजिपी । अर्थात्, नेपालको एआइजी जत्तिकै । उनी अहिले दिल्लीमा छन् । ‘रअ’ को प्रमुख हुने लाइनमा थिए, तर सामन्तकुमारले टप्काइदिए । अहिले जोइन्ट सेक्रेटरी छन्, चिफको लाइनका । उता ‘रअ’ लाई सीधै प्रधानमन्त्री कार्यालयमातहत राखिने कारण नेपालमा पनि त्यस्तो अभ्यास थालिएको छ । र, नेपालको बारेमा उनैको भूमिका महत्वपूर्ण मानिन्छ । खेल्ने नै भए ।

प्रतिक्रिया दिनुहोस्