बैतडीमा यात्रुवहाक बस दुर्घटना : २१ घाइते, ७ को अवस्था गम्भिर


बैतडी : महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं को बस बैतडीको पाटनमेलौली सडकखण्डको पाटन ६ लोर्खामा शनिबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् भने घाइतेमध्ये ७ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

बिहान ३ बजे बस दुर्घटना हँदा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड, गाडीका सहचालक डडेल्धुराका २७ वर्षीय केशव साँउद र ५५ वर्षीय भारतीय नागरिक जगतसिंह चौहान गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

गम्भिर घाइते सातै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी नायब निरीक्षक खडायतले बताए । ३० जना यात्रु सवार रहेको बस सडकभन्दा १० मिटरमात्रै तल खसेको थियो भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

सडकमा रहेका खाल्डाखुल्डीका कारण बसलाई छेउबाट चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले आफ्ना गाडी र अंगरक्षक

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहले आज (बिहीबा) सपत्नी भारतको अमृतसरस्थित

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा

काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै बर्खास्त गर्न माग

काठमाडौं : सुनको मूल्य आज (बिहीबार) उकालो लागेको छ । यससँगै सुनको मूल्यले नेपाली बजारमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज

भीमदत्तनगर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौं फर्किएपछि विस्तृत प्रतिक्रिया

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त

चरिकोट : सुपशिद्व दोलखाको भीमश्वर मन्दिरको शीलामा आज (बिहीबार) पसिना आएको छ । आज बिहान

तस्विर : अन्नपूर्ण पोष्ट काठमाडौं : सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन

काठमाडौं : यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य