माधव नेपालकाे गतिविधिप्रति प्रचण्डकाे चासाे



काठमाडौं : केही दिन अघिदेखि सरकारकाे कार्यशैली र पार्टीभित्र चर्को विवाद र असन्तुष्टि देखाउँदै माधव नेपालले अाफुपक्षका नेताहरु समेटी नेतृत्काे कडा अालाेचना गरेका थिए । यतिसम्म कि उनले गृहमन्त्रीले काम गर्न नसकेकाे र पदमा बस्नुकाे अाैचित्यमाथि प्रश्न गरेका थिए । 

 

नेकपा वरिष्ठ नेता नेपालले अाफ्नै पार्टीकाे सरकारप्रति शंकास्पद अभिव्यक्ति दिएपछि उक्त विषयमा नेता नेपाल र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच लामो टेलिफोन वार्ता भएको छ । प्रचण्ड र नेपालबीच झण्डै आधा घण्टा टेलिफोन वार्ता भएको बताइएकाे छ । 

 

दुर्इ नेताबीच पार्टी एकताकै सन्दर्भमा केन्द्रित रहेर कुराकानी भएको हाे ।

 

गत शुक्रबार नेता नेपालले केही स्थायी समिति सदस्यहरुलाई चियापानका नाममा छुट्टै भेला बोलाएर पार्टी एकताका क्रममा प्रदेश इन्चार्ज, सहइन्चार्ज अध्यक्ष र सचिव नियुक्ति सहमतिविपरित गरिएको भन्दै अध्यक्ष केपी ओली र प्रचण्डप्रति आक्रोश पोखेका थिए । 

 

त्यसक्रममा नेता नेपालले आफू निकटका नेताहरुलाई सचिवालयको बैठकले गरेको उक्त निर्णय सच्चाउन दवाव दिने बताएका थिए ।  त्यस्तै, भेलामा नेता नेपालले सरकारका कामकारवाहीप्रति समेत आपत्ति जनाएका थिए । 

 

त्यसको अघिल्लो दिन संसदमा समेत माधव नेपालले सरकारका कामकारवाही सन्तोषजनक नभएको धारणा राखेका थिए । 

 

उनले मुलुकमा हत्या हिंशाका घटाना बढिरहेको भन्दै सरकार कहाँ छ भनेर प्रश्न गरेका थिए । नेता नेपाललाई अमेरिकाबाट जवाफ फर्काउदै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूले केही दिन देश छोड्दा कसैकसैलाई शून्यता महशुस भएको भन्दै आफू फर्केपछि सबै ठिक हुने बताएका थिए ।

 

नेपाल र ओलीबीच दोहोरी र नेपाल समूहले देशव्यापी जागरण अभियान चलाउने सम्मको चेतावनी दिइरहेकोब बेला प्रचण्ड र नेपालबीच भएको टेलिफोन वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

 

यसैक्रममा शुक्रबार एकाएक नेपालले आफ्नो समूहका नेताहरुलाई चियापनका नाममा काठमाडौको एक होटलमा भेला गरेर पार्टी नेतृत्व र सरकारका कामकारवाहीबारे असन्तुष्टि जनाएका थिए । 

 

त्यसलगत्तै पार्टीका दुई नेताबीच सामाजिक सञ्जाल टिवटरमा एकअर्काप्रति वाकयुद्ध नै सुरुभयो । अध्यक्ष तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र नेता माधव नेपाल नजिकका मानिएका स्थायी समिति सदस्य योगेश भट्राईबीच आरोप–प्रत्यारोप चलेपछि नेकपाभित्रको असन्तुष्टि छताछुल्ल हुन पुगेको थियो । 

 

पार्टी र सरकारप्रति लक्षित गरेर आफ्नै पार्टीका नेताबीच असन्तुष्टि र आरोप–प्रत्यारोप चल्न थालेपछि श्रीमति सीताको उपचारका लागि सिंगापुर पुगेका अध्यक्ष पुष्पकमल दाहालले नेता माधव नेपाललाई फोन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्