सप्तरी कारागारका एक कैदीकाे मृत्यु



सप्तरी : राजविराज कारागारमा अाइतबार बिहान सवा नाै बजे एक कैदीकाे  मृत्यु भएको छ ।

 

चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ बर्से  सन्तोष साहको उपचारका क्रममा मृत्यु भएको हो ।

 

कारागारका निमित्त जेलर सत्यनारायण यादवले साहको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा आइतबार राति ९ः१३ बजे निधन भएको जानकारी दिए ।

 

यसअघि पनि पटक–पटक ज्वरो आएपछि साहलाई उपचारका लागि अस्पताल लगिए पनि परीक्षणका क्रममा कुनै रोग भने नदेखिएको निमित्त जेलर यादवले बताए ।

 

साहलाई ८ महिनाअघि कारागार ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्