आज विश्व मुटु दिवस, वर्षेनि १ करोड बढी मानिसकाे मृत्यु



काठमाडौं : आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ।

यसरी मुटुको रोग र यसबाट मृत्युको संख्या बढ्दै गएपछि विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएकोमा सन् २०१२ सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालिएको हो।

नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा कुल जनसँख्याको २० प्रतिशतमा मुटुरोग भएको अनुमान गरिएको छ । मुटुरोग भनेको हृदयाघात मात्रै हो भन्ने बुझाई रहेकाले समस्या हुने गरेको मुटुरोग विशेषज्ञको भनाई छ ।

कुनै लक्षण नदेखिएपनि बंशाणुगत रुपमा समस्या छ भने ६ महिनामा एक पल्ट र नभए वर्षमा १ पल्ट ब्लडप्रेसर, सुगर र कोलेष्ट्रोल जाँच गरी मुटु स्वस्थ राख्न डाक्टरहरुको सुझाव छ ।

चिकित्सकहरुका अनुसार धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्