घरभाडा फिर्ता गर्दै घरधनी सांसद



काठमाडौं : राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । संसद् सचिवालयका अनुसार आइतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आआफूले बुझेको घरभाडा फिर्ता गरेका छन् । 

‘अरू माननीय पनि कति तिर्नुपर्ने हो भन्दै बुझ्न आउनुभएको छ,’ सचिवालयका एक कर्मचारीले भने । सांसद् श्रेष्ठले घरभाडा लिने सांसद सूचीमा नाम आएपछि चिन्तित भएको बताएका छन् । 

संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै आफूले ललितपुरको झम्सीखेलमा घर भएको विवरण सुरुमै बुझाए पनि घरभाडा लिएको भन्दै विवरण सार्वजनिक भएपछि आश्चर्यमा परेको उनले उल्लेख गरेका छन् । 

महासचिवलाई लेखेको पत्रमा भनिएको छ, ‘मेरो नाममा घरभाडाबापत जम्मा भएको भए फिर्ता बुझिलिन यसै पत्रसाथ संलग्न गरी पठाएको जानकरी गराउँछु ।’ आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्