केयर गिभरका लागि जापान जान यसरी गरिदैछ छनौंट


काठमाडौं : के तापाई कामका लागि जापान जाँदै हुनुहुन्छ ? । यदि जाँदै हुनुहुन्छ भने लक्की ड्रमा सहभागी भएर मात्र जान पाउनुहुनेछ । लक्की ड्रमा सहभागी हुनका लागि अनलाइन आवेदन दिनुपर्ने छ।

लक्की ड्रका लागि शुक्रबारदेखि नै अनलाइन आवेदन खुलेको जापान फाउन्डेसनले जनाएको हो। आगामी अक्टोबर ३ सम्म आवेदन फारम भर्न सकिने फाउण्डेसनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै जनाएको छ।

लक्की ड्र अनलाइन आवेदनका लागि कुनै पनि शुल्क लाग्दैन। जापान फाउण्डेसनले आवेदन दिएकामध्ये सफ्टवेयरको माध्यमबाट अक्टोबर ९ मा लक्की ड्र गरी त्यसमा छनोट हुनेहरुलाई परीक्षाका लागि भौचर भर्न दिने उल्लेख गरेको हो।

लक्की ड्रमार्फत छनोटमा परेकाहरुले ११ अक्टोबरमा भौचर लिनुपर्दछ। जसका लागि २ हजार ५ सय शुल्क लाग्ने जनाइएको छ। भौचर लिने सम्बन्धमा थप जानकारी लक्की ड्रको नतिजासँगै उपलब्ध गराइने पनि सूचनामा उल्लेख गरिएको छ।

नर्सिङ केयरगिभरमा जान चाहने कामदारले जापानी भाषा र सिप मूल्याङ्कन परीक्षा दिनुपर्नेछ। जापानी भाषा परीक्षा अक्टोबर २७ देखि २९ र नोभेम्बर ७, १२ र १४ मा हुने यसअघि नै सूचित गराइसकिएको थियो।

नर्सिङ केयरगिभरको सिप परीक्षा ६० मिनेटको हुनेछ, जसमा ४५ वटा प्रश्न सोधिने छन्। परीक्षा कम्प्युटर बेस्ड टेस्टिङ विधिबाट लिइनेछ। ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्न व्यवहारिक हुनेछन्।

जापान सरकारले नर्सिङ केयरगिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने बताए पनि ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ र ‘नर्सिङ केयर जापनिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’भने पास गर्नुपर्ने जनाएको छ।

केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापानी दूतावास र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता भइसकेको छ। २०७५ चैत ११ माभएको सो श्रम सम्झौताअनुसार पहिलो पटक नेपालबाट नर्सिङ तथा केयर गिभरमा कामदार लैजान लागिएको हो।

नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुयसन टेष्टमा भने १५ वटा प्रश्नहरु सोधिने छन्। दुवै परीक्षाका लागि १ हजार जापनिज येन शुल्क लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत