राप्रपा सधैं संघीयताको विपक्षमा : अध्यक्ष कमल थापा



धनगढी : राष्ट्रिय प्रजातन्त्र पाट्रीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको मुख्य एजेन्डा राजसंस्था सहितको लोकतन्त्र रहेको बताएका छन् ।

 

सुदूरपश्चिम प्रदेश भ्रमण तथा कार्यकर्ता भेटघाटका क्रममा थापाले सोमबार धनगढीमा भएको पत्रकार सम्मेलनमा मुलुकमा जनताले शासन गर्ने र राज्यको मुल नेतृत्व राजाले गर्नुपर्ने बताए ।

 

उनले भने, ‘हामीले निरकुंश राजसंस्था फर्काउन खोजेका हैनौं ।’ तानाशाही र निरकुंश व्यवस्था नफर्किने भन्दै सबै नेपालीले राजा फर्काउने अभियानमा साथ दिनसमेत उनले आग्रह गरे ।

 

थापाले थपे, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयतासहितको गणतन्त्रको विपक्षमा छ, नेपालजस्तो सानो मुलकले संघीयता धान्नै सक्दैन ।’ साथै हिन्दु धर्मावलम्बीको बहुमत भएको मुलुकमा सत्ताधारीहरूले सुनियोजित तरिकाले धर्म परिर्वत गराउन खोजेको भन्दै अध्यक्ष थापाले आपत्ति जनाए । 

प्रतिक्रिया दिनुहोस्