मेसीकाे ह्याट्रिकमा बार्सिलाेनाकाे सानदार जित



एजेन्सी : कप्तान लियोनेल मेसीको ह्याट्रिकको मद्दतले बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेभान्टेमाथि सानदार जित निकालेको छ ।

 

आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको लेभान्टेलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । मेसीले ह्याट्रिक पूरा गर्दा लुइस स्वारेज र जेरार्ड पिकेले पनि एक एक गोल गरे ।

 

ला लिगामा मेसीको यो ३१ औं ह्याट्रिक हो । लेभान्टेको मैदानमा बार्सिलोनाले खेलको ३५औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ४३ औं मिनेटमा मेसीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अघि बढेको थियो ।

 

४७ औं मिनेटमा मेसीले अर्को थपे । ३–० को स्थितिमा रहेको बार्सिलोनालाई पुनः ६० औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गरे । 

प्रतिक्रिया दिनुहोस्