क्रिकेटर सन्दीपको ‘यो झरीमा’ गीत सार्वजनिक



काठमाडौँ : राम्रो क्रिकेट खेलेर नेपालीको मन जितेका सन्दीप लामिछाने गीतसंगीतमार्फत पनि मनोरञ्जन गराउने प्रयासमा छन् । यसै क्रममा उनको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । 

 

वन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दीपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् । यसअघि सन्दीपले यही एल्बमका लागि ‘भेटुँ कसरी’ गीत सार्वजनिक गरेका थिए ।

 

उनी पछिल्लो समय विभिन्न देशका क्लबसँग अनुबन्धित भई क्रिकेट खेल्दैछन् । क्रिकेट खेलेर उनले एक वर्षभित्र न्यूनतम दुई करोड कमाउने आकलन गरिएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्