टी ट्वान्टी विश्वकप छनाेटका लागि खेलाडी अभ्यासमा



काठमाडौं : आइसीसी वुमन्स क्वालिफायर एसिया २०१९ का लागि नेपाली खेलाडी प्रशिक्षणमा व्यस्त भएका छन् । काठमाडौंमा बुधबारदेखि क्रिकेटरको क्याम्प सुरु हुँदैछ । 

क्वालिफायर खेलको तयारीका लागि नेपाली टोलीले थाइल्यान्डमा अभ्यास खेल पनि खेल्नेछ । क्रिकेट एसोसिएसन अफ थाइल्यान्डको आयोजनामा अभ्यास खेल जनवरी १२ देखि १८ सम्म हुनेछ ।

आइसीसी वुमन्स एसिया क्वालिफायर २०१९ थाइल्यान्डमा फेब्रुअरी १८ देखि सुरु हुँदैछ । फेब्रुअरी २७ सम्म चल्ने क्वालिफायरमा नेपालसँगै चीन, हङकङ, कुवेत, मलेसिया, थाइल्यान्ड र युएई सहभागी हुने भएका छन् ।

राउन्ड रोबिन आधारमा खेलाइने टुर्नामेन्टको विजयी टिमले आइसीसी वुमन्स टी ट्वान्टी विश्वकपका लागि हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्