प्रहरी भर्ना आह्वानप्रति प्रदेश २ मुख्य न्यायाधिवक्ताको आपत्ति 



जनकपुरधाम : नेपाल प्रहरीले रिक्त प्रहरी दरबन्दीमा भर्ना आह्वान गरेको विषयमा प्रदेश २ का मुख्य न्यायायाधिवक्ता दीपेन्द्रले झाले प्रहरी भर्नासम्बन्धी विषय संविधासँग बाँझिएको प्रतिक्रिया दिएका छन् ।

 

उनले प्रहरी भर्नाको विषयलाई लिएर ट्विटरमार्फत संविधानको भावनासँग यो प्रक्रिया मेला खाएको छैन भनी प्रतिक्रिया दिएका हुन् । 

 

संघीय सरकारको यो निर्णयले देशको आर्थिक भार बढ्ने र संघीयता कार्यान्वयनमा जटिलतासमेत हुने तर्क उनले ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

 

उनले ट्विटमा भनेका छन्– प्रदेश प्रहरी गठन हुने संवैधानिक व्यवस्था हुँदाहुँदै संघीय प्रहरी ऐन बनाएर प्रहरी समायोजन योजना अगाडि बढाउनुपर्ने ठाउँमा त्यसो देखिएन ।

 

प्रहरी प्रधान कार्यालयको प्रहरी भर्नासम्बन्धी दरबन्दीको सूचना आएपछि प्रदेश २ का मुख्य न्यायायाधिवक्ता झाको यस्तो ट्विट आएको हो । 

 

प्रदेश २ मा अहिले प्रदेश प्रहरी ऐन ल्याउने विधेयकउपर घनीभूत छलफल चलिरहेको बेला प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायत पदमा सोमबार भर्ना आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्