स्थानीय पुल बनाउँछन्, ठेकेदार जस लिन्छन्  



बझाङ : सेती नदीको किनारा तमैल बजार नजिकै खप्तड छान्ना गाउँपालिका जोड्ने काठेपुल निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सभामुख अर्जुनबहादुर थापाले उपभोक्ता समूह नै बनाई प्रदेशसभालगायत विभिन्न निकायबाट पुल निर्माणका लागि स्रोत जुटाएका छन् । 

सभामुख थापाले पुल निर्माण कार्य उधारै रहेको र पछि पैसा संकलन गरी तिरिने जानकारी दिए । भने, ‘प्रदेश सरकार वा अन्त कताबाट हुन्छ, हामी खर्च जुटाउन लागिपरेका छौं ।’

 

उक्त निर्माणमा ठेकेदार सिद्धराज खड्काले व्यक्तिगत लगानीमा पुल बनाएको भनी केही सञ्चारमाध्यमले झूटा खबर प्रेसित गरेको भन्ने स्थानीयको आरोप छ । एक व्यक्तिको लगानीमा पुल बनेको भन्ने हल्ला फिँजाइदा भोलिका दिनमा पुल बनेको खर्च संकलन गर्न गाह्रो हुने स्थानीयको बुझाइ छ ।

 

केही दिनदेखि सामाजिक सञ्जालमा ठेकेदार खड्काले व्यक्तिगत लगानीमा पुल बनाएको भनी लेख्दै आएका छन् । उनको उक्त कार्यको व्यापक आलोचना हुँदै आएको छ । 

 

पुल बनाउन गाउँपालिकाले चासो नदेखाएको र खड्काले व्यक्तिगत लगानीमा पुल बनाएको भनी प्रचार गरेको गाउँपालिका प्रवक्ता रामबहादुर सिंहले बताए । ‘०७३\७४ पुल निर्माण गर्न दिइएको कम्पनीले भ्रष्टाचार गरेको भनी उक्त ठेक्का रद्द गराइएको थियो ।

 

जसमा व्यापक हिनामिना भएको भन्दै ठेकेदार खड्काले आफूलाई पुल निर्माणको जिम्मा दिन गाउँपालिकासमक्ष अनुरोध गरेका थिए ।  तर, गाउँपालिका अध्यक्षले एक व्यक्तिलाई सरकारी कामको जिम्मा दिन नमिल्ने बताएका थिए । 

 

जिल्लामा सेतीनदी जोड्ने चार वटा पक्की पुल अलपत्र छन् । 

प्रतिक्रिया दिनुहोस्