दलित, विपन्न र मुस्लिम विद्यार्थीलाई सिटिइभिटीमा छात्रवृत्ति



काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटीले) पाँच सय ६० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । सिटिइभिटीले देशभरका दलित, विपन्न र मुस्लिम समुदायका २ सय ८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २ सय ८० जनालाई डिप्लोमा प्रमाणपत्र तहमा निःशुल्क पढाउने भएको हो ।

निःशुल्क पढ्ने अवसरका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने सिटिइभिटीले जनाएको छ । सिटिइभिटीले प्रवेश परीक्षाका लागि आवेदनसमेत खुला गरेको छ ।

प्रवेश परीक्षाका लागि पुस ३० गतेसम्म फाराम बुझाइसक्नुपर्ने सिटिइभिटीले जनाएको छ । प्रवेश परीक्षा माघ १२ गते बिहान ८ बजे हुने तय भएको छ । परीक्षा केन्द्रबारे भने पछि सूचना प्रकाशन गरिने सिटिइभिटीले जनाएको छ । 

६० पूर्णांकको प्रवेश परीक्षाका साढे २ घण्टा समय तोकिएको छ । परीक्षामा अंग्रेजी, गणित र विज्ञानबाट २०–२० अंकका प्रश्न सोधिने सिटिइभिटीले जनाएको छ ।

प्रवेशपरीक्षासम्बन्धी विस्तृत जानकारी तलकाे वेब ठेगानामा गएर पनि हेर्न सकिन्छ ।

http://www.ctevt.org.np/files/Special%20Scholarship%20Entrance%20Notice-2075-09-01.pdf

प्रतिक्रिया दिनुहोस्