सुरक्षा कारबाहीमा आठ आतङ्ककारी मारिए



मैमाना (अफगानिस्तान) ः अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकु मारिएका छन् । 

कारबाहीका क्रममा दुई स्थानीय कमान्डरसहित आठजना मारिनुको साथै अन्य १० जना घाइते भएका सैनिक अधिकारीले जानकारी दिएका छन् । 

फर्याब प्रान्तको ख्वाजामा आतङ्ककारीविरुद्ध अफगान सुरक्षा बलले भीषण सैन्य कारबाही गरिरहेको छ । सेनाका सूचना अधिकृत गुलाम हजरत कारिमीले उक्त प्रान्तमा सैन्य कारबाही अझै जारी रहेको बताएकाे एएफपीले जनाएकाे छ । यस कारबाहीका सम्बन्धमा विस्तृत विवरण प्राप्त भइसकेको छैन । 

सरकारी सुरक्षा बलसँग युद्धरत तालिबान लडाकु समूहले भीडन्तबारे कुनै टिप्पणी गरेकाे छैन।

प्रतिक्रिया दिनुहोस्