बस र बाइक जुध्दा दुईकाे ज्यान गयाे



बाँके : बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्वपश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा साेमबार दुईजनाको मुत्यु भएको छ । दुवैजनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो । 

मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता मानबहादुर बिसीले बताए । सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा१क ४४९५ नम्बरको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु४३प ९५९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्