इलाममा मेची पर्यटन महाेत्सवकाे तयारी



इलाम : जिल्लामा यही पुस ५ देखि १६ गतेसम्म हुने ‘मेची पर्यटन महोत्सव’ काे तयारी सम्पन्न भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न महोत्सव आयोजना गर्न लागिएको हो । 

पर्यटन प्रवर्द्धन सरोकार समितिको आयोजनामा हुन लागेको महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिने जनाइएकाे छ। यसका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याउने तयारी भइरहेको छ ।

विश्वमै लोपोन्मुख रातो हाब्रे (रेडपाण्डा) समेत ल्याउने तयारी भइरहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्