गाँजा तस्करीमा संलग्न ३ भारतीय पक्राउ 



वीरगन्ज : सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती टोली वीरगन्जले सोमबार लागुऔषध गाँजासहित तीनजना भारतीयलाई पक्रेको छ । पक्राउ परेका भारत विहार जिल्ला कटिहार महम्मदपुरका २७ बर्से सुन्दर राय, १८ बर्से कुमार राय र ६० बर्से गोकुल सरबरिया छन् ।

 

उनीहरूबाट सात किलो गाजा जफत भएको छ । सशस्त्र प्रहरीका सई पदमबहादुर खड्काले बताएअनुसार तीनै जनाले शरीरमा लुकाएर वीरगन्जबाट भारतको सीमावर्ती सहर रक्सौल गइरहेका थिए ।

 

प्लास्टिकमा बेरिएको वस्तु शंका लागेको देखेपछि प्रहरीले जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका प्रहरीले बताएको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्