कोदालोले हिर्काएर आमाको हत्या, बचाउन गएका अरू पनि घाइते



सुर्खेत : दैलेखमा एक जनाले कोदोलोले हानेर आमाको हत्या गरेका छन् । मानसिक सन्तुलन गुमाएका छोराले आमाको टाउकोमा कोदालो प्रहार गरेका थिए । 

नारायण नगरपालिका–३ भुर्ती गाउँका २६ बर्से बालाराम नेपालीले ४६ वर्षीया आमा पार्वतीलाई सोमबार दिउँसो १ बजेतिर घरमै बसिरहेकी आमामाथि कोदालो हानेका थिए । कोदालो प्रहारबाट घाइते पार्वतीकोे घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

बालाराममा सोमबार दिउँसो दिउँसो आत्महत्या गर्छु भन्दै डोरी बोकेर निस्कन लागेका थिए । आमाले रोकेपछि त्यही झोकमा उनले कादालोले आमालाई हानेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । 

 

कोदालोले लागेर मूर्छित बनेकी पार्वतीलाई बचाउन गएकी ७० वर्षीया जुहारा नेपालीलाई पनि बालारामले कोदालो हानेका थिए । जुहारा पनि गम्भीर घाइते भएकी छन् । उनलाई बचाउन जाँदा छिमेकी मनिसरा र कौशिला नेपाली पनि घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्