सुर्खेत उद्योग वाणिज्य संघमा लोकतान्त्रिक पक्षको जित 



                                       सुर्खेत उद्योग वाणिज्य संघमा निर्वाचित अध्यक्ष धनबहादुर रावत (बीचमा) । 

सुर्खेत : आगामी तीन वर्षका लागि सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेसनिकट धनबहादुर रावत निर्वाचित भएका छन् । अध्यक्ष पदमा एउटै पार्टी निकटका उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रावतले प्रकाश उप्रेतीलाई प्रतिस्पर्धाका बीच पराजित गरेका छन् । 

 

निर्वाचन समितिका संयोजक उत्तम आचार्यका अनुसार लोकतान्त्रिक प्यानलबाट उम्मेदवार बनेका रावतले आठ सय १० मत पाएका थिए । कुल एक हजार ६ सय ४४ मत खसेकोमा उनका प्रतिस्पर्धी उप्रेतीले भने सातसय ९३ मत पाए ।

 

फर्जी मत खसेको भन्दै मतगणना रोकिएको थियो । संयुक्त व्यवसायीको विरोधमा रोकिएको मतगणना सहमतिपछि पुनः सोमबार बिहानदेखि सुरु गरिएको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा भने संयुक्त व्यवसायी समूहका हर्षविक्रम खड्का निर्वाचित भएका छन् । सात सय ८९ मत प्राप्त गरेका खड्काले १५ मत अन्तरले लोकतान्त्रिकका वासुदेव शर्मालाई पराजित गरे ।

 

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिकका दीपेन्द्र ढकाल विजयी भए । ढकालले सात सय ७३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रवल शाहीले सात सय ६४ मत पाए । 

 

यस्तै आठ सय ५ मतसहित उद्योग उपाध्यक्षमा गणेश बस्नेत छानिए । महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा चुनिइन् । महासचिवमा लक्ष्मण कँडेलले बाजी मारे । कोषाध्यक्षमा भने भद्र भण्डारीले जिते । 

प्रतिक्रिया दिनुहोस्