विपन्न बालबालिकालाई युवा अभियन्ताकाे सहयोग 



                                  बस्तीका बालबालिकालाई सहयोग हस्तान्तरण गर्दै युवा अभियन्ता सुमन प्रसाई । 

विराटनगर : मोरङ जहदा गाउँपालिका १ धुनीमा आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारका तीन बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ । 

विराटनगरका युवा तथा सामाजिक अभियन्ता सुमन प्रसाईले सोमबार सहयोग गरेका हुन् । प्रसाईले जहदा १ का अतिविपन्न  रानी,  नेहा र सुविना मुखियालाई सिरक, डसना, झुल, तन्दा, जाडोमा लगाउने ट्रयाकसुट तथा खाद्यान्य सहयोग गरे ।

 

साना बालिकाहरू मुटु काम्ने जाडोमा कष्टकर जीवन यापन गरेको जानकारी पाएपछि उनीहरूलाई सहयोग गरेको युवा व्यवसायी प्रसाईले बताए । 

प्रतिक्रिया दिनुहोस्