विद्यार्थी कुट्ने प्रधानाध्यापककाे ८ दिन म्याद



पूर्वीनवलपरासी : विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वीनवलपरासी बुलिङ्टार गाउँपालिकाकास्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले पीडितको उजुरीका आधारमा गत असोज ११ गते पक्राउ परेका प्रधानाध्यापक श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद थप गरिएको हो। पूर्वीनवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक टीकाराम पोखरेलका अनुसार पक्राउ परेका श्रेष्ठको ८ दिनको म्याद थप गरिएको छ। कुटपिट एवम् अङ्गभङ्ग गर्ने महलमा श्रेष्ठ विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ। 

 

पीडित खुमानका बुबा वीरबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालयमा गत असोज ५ गते किटानी जाहेरी दिएपछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो।

 

गत असोज २ गते कक्षा १० मा अध्ययन गर्ने विद्यार्थी खुमान सार्की नेपालीलाई ढिला आएको भन्दै विद्यालयका प्रधानाध्यापक श्रेष्ठले कुटपिट गर्दा विद्यार्थी सार्कीको कानको जालीमा समस्या देखिएको आरोप श्रेष्ठमाथि लागेको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम

काठमाडौं : अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा.गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष पुगेका र दीर्घ रोगी भएकाहरुलाई अत्यावश्यकबाहेक घरबाहिर

काठमाडौं– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं– शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय

काठमाडौं– नेपाल कानून समाजले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणाली र राजनीतिक संस्कार सुधार हुनु आवश्यक

गुल्मी : इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काभ्रे : जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पनौती नगरपालिका–५ चौकोटकी

काठमाडौं : नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा

चितवन : चितवनमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड