बिहे गर्ने आश देखाएर जंगलमा लगेर बलात्कार



जनकपुर : महोत्तरीको बर्दिवास नगरपालिका– ४ माईस्थानकी १४ वर्षीया किशोरीमाथि बलात्कार गर्ने सोही ठाउँका १८ बर्से रविशंकर क्याप्छाकी मगरलाई प्रहरीले पक्रेको छ । 

 

विवाह गर्छु भन्ने आश देखाएर शनिबार राति जंगल लगी मगरले किशोरीलाई बलात्कार गरेको प्रहरीले बताएको छ । 

 

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी खगेन्द्र खड्काका अनुसार प्रेमजालमा पारी मंसिर २९ गते जंगलमा लगेर बलात्कार गरेको पीडित परिवारको उजुरीका आधारमा गिरफ्तार गरी जबरजस्ती करणीको मुद्दा चलाइएको छ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण बर्दिबास अस्पतालमा गरिएको छ । ‘रातभरि बालिकामाथि जर्बजस्ती करणी गरेर युवक जंगलमै छोडेर भागे,’ प्रदेश २ का विश्वकर्मा समाजका अध्यक्ष मीन रहपालले भने, ‘आरोपी युवालाई बर्दिबासको जंगल एरियाको खयरमाराबाट पक्राउ गरेर प्रहरीमा बुझाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्