सभामुख महराले राजीनामा दिने



काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आज (मंगलबार)अपराह्न राजीनामा दिने तयारी गरेका छन् ।

सभामुखको सचिवालयको अनुसार अहिले सभामुख महरा र्शीष नेताहरुसँग छलफलमा छन् । सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले आफूलाई दुर्व्यवाहार गरेको आरोप लगाएपछि ‘यौन काण्ड’ लागेको छ ।

गत आइतबार साँझ ७ः३० बजे भाइबरमा गफ गरेपछि ८ बजेतिर महरा ति महिलाको डेरामा पुगेका थिए । करिब २ घण्टा त्यहाँ बसेर फर्किएपछि ति महिलाले महानगरीय प्रहरी वृत्त बानेवश्वरका प्रहरीलाई खबर गरी आफूमाथि सभामुख महराले यौन दुर्व्यवहार गरेको बताएपछि हिजो (सोमबार) सार्वजनिक भएको हो ।

त्यसपछि तनावमा रहेका महराले शुरुमा यो केसलाई ढिसमिस पार्न खोजेपनि सामाजिक सञ्जालमा भाइरल भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले चासो लिएका थिए ।

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान छलफल भई अध्यक्षद्वयले सभामुख महरालाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

यसैविषयलाई लिएर नेकपाको सचिवालय बैठक अहिले ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्